AusAlert भनेको के हो?
AusAlert एक राष्ट्रिय चेतावनी प्रणाली हो जसले मोबाइल फोन, ट्याब्लेट र स्मार्ट घडीजस्ता उपयुक्त मोबाइल उपकरणहरूमा आपतकालीन सन्देशहरू पठाउन नवीनतम प्रविधि प्रयोग गर्दछ।
यो तपाईंलाई स्थानीय र राष्ट्रिय आपतकालीन अवस्थामा सूचित र राम्रोसँग तयार राख्न मद्दत गर्ने छिटो र भरपर्दो तरिका हो, जस्तै:
- डढेलो (बुशफायर)
- बाढी
- चक्रवात
- सुनामी
- ठूला आँधीबेहरीहरू वा मौसमका घटनाहरू
- सार्वजनिक स्वास्थ्य आपतकालिन अवस्थाहरू
- सुरक्षा खतराहरू
- जैविक सुरक्षा घटनाहरू।
यदि तपाईं अष्ट्रेलियामा बस्नुहुन्छ वा तपाईं अर्को देशबाट भ्रमण गर्दै हुनुहुन्छ भने, तपाईं अवस्थित क्षेत्रमा आपतकालीन अवस्था वा प्रकोप भएमा तपाईंले AusAlert प्राप्त गर्न सक्नुहुन्छ।
AusAlerts अष्ट्रेलियाली सिम कार्ड वा eSIM बिना पनि उपयुक्त मोबाइल उपकरणहरूद्वारा प्राप्त गर्न सकिन्छ।
उपयुक्त मोबाइल उपकरणहरूमा iPhones 11 र iOS 26.4 वा पछिका संस्करण चलिरहेका चाहिन्छन्, र Android फोनहरू र ट्याब्लेटहरू Android 12 वा पछिका संस्करण चाहिन्छन्।
तपाईं AusAlert मा भरोसा गर्न सक्नुहुन्छ
AusAlert अष्ट्रेलिया सरकारले विकास गरेको हो र सुरक्षित छ।
AusAlert ले:
- तपाईंको व्यक्तिगत वा वित्तीय विवरणहरू कहिल्यै पनि माग्दैन
- तपाईंको व्यक्तिगत जानकारी न त जान्दछ न त सङ्ग्रह वा भण्डारण गर्छ
- तपाईंको व्यक्तिगत फोन नम्बर न त जान्दछ न त सङ्ग्रह वा भण्डारण गर्छ
- तपाईंको स्थान ट्र्याक गर्दैन
- तपाईंले साइन अप गर्न आवश्यक छैन।
AusAlert बाट प्राप्त गर्ने सन्देशहरू
AusAlert सन्देशहरू तपाईंलाई अंग्रेजीमा आउनेछन्। यदि तपाईं अर्को देशबाट अष्ट्रेलिया भ्रमण गर्दै हुनुहुन्छ, वा यदि अंग्रेजी तपाईंको पहिलो भाषा होइन भने, AusAlert पढ्न र बुझ्न गाह्रो हुन सक्छ।
AusAlert यस्तो सुनिन्छ।
तपाईंको मोबाइल उपकरणको आधारमा, तपाईं AusAlert सन्देशलाई तपाईंको पहिलो भाषामा अनुवाद गर्न सक्नुहुन्छ:
सतर्कता (alert) लाई थिचेर
सन्देशहरूको प्रतिलिपि (कपि) गरेर
यसलाई तपाईंको छनौट गरिएको भाषामा स्वचालित रूपमा अनुवाद गर्ने एप वा वेबसाइटमा राखेर।
AusAlerts मा महत्त्वपूर्ण आपतकालीन जानकारी समावेश हुन्छ।
यसमा निम्न कुराहरू समावेश हुन्छन्:
- आपतकालीन अवस्थाको प्रकार
- यो कहाँ छ
- यो कत्तिको गम्भीर छ
- कुन प्रतिक्रिया आवश्यक छ
- थप जानकारी कहाँ पाउन सकिन्छ।
यदि तपाईंले AusAlert प्राप्त गर्नुभयो भने, तपाईंले आफू र अरूलाई सुरक्षित राख्न निर्देशनहरू पढ्नुपर्छ र पालना गर्नुपर्छ।
त्यहाँ दुई प्रकारका AusAlerts छन्।
महत्वपूर्ण सतर्कता (Alerts) हरू:
- सबैभन्दा चरम आपतकालीन अवस्थामाहरूमा प्रयोग गरिन्छ
- तपाईंको मोबाइल उपकरणलाई कम्पन गराउँछ र लगभग 10 सेकेन्डको लागि ठूलो साइरेन जस्तो आवाज बजाउँछ
- तपाईंको उपकरण ‘मौन‘ वा ‘डिस्टर्ब नगर्नुहोस्’ मा भए पनि डेलिभर गरिन्छ
- तपाईंको मोबाइल उपकरणको सेटिङमा स्विच अफ गर्न सकिँदैन।
प्राथमिकता चेतावनी (Alerts) हरू:
- आपतकालीन अवस्थाहरूको लागि प्रयोग गरिन्छ जहाँ खतराको बढ्दो स्तर हुन्छ किनभने परिस्थितिहरू परिवर्तन भइरहेका हुन्छन्
- तपाईंको मोबाइल उपकरण कम्पन हुन सक्छ र लगभग 10 सेकेन्डको लागि ठूलो साइरेन जस्तो आवाज बज्न सक्छ, तर यो तपाईंको उपकरण सेटिङहरूमा निर्भर गर्दछ
- तपाईंको उपकरण ‘मौन‘ वा ‘डिस्टर्ब नगर्नुहोस्’ मा भए डेलिभर हुँदैन
- तपाईंको मोबाइल उपकरणको सेटिङमा स्विच अफ गर्न सकिन्छ।
सवारी चलाउँदै र हाक्दै गर्दा
यदि तपाईंले सवारी चलाउँदा वा सवारी हाकिरहदा AusAlert प्राप्त गर्नुभयो भने, शान्त रहनुहोस् र आफ्नो फोन नउठाउनुहोस्, किनकि त्यसो गर्नु गैरकानूनी हो। अलर्ट गर्ने आवाज लगभग 10 सेकेन्डपछि रोकिन्छ। जुन बेला तपाईं सक्नुहुन्छ, रोक्नुहोस् र सन्देश पढ्नको लागि सुरक्षित र कानुनले मिल्ने ठाउँ फेला पार्नुहोस्।
AusAlert पढ्न मद्दत
यदि तपाईंलाई AusAlert सन्देश बुझ्न मद्दत चाहिन्छ भने:
- परिवारका सदस्य, साथी वा अंग्रेजी बुझ्न सक्ने कसैलाई तपाईंको लागि पढ्नको लागि अनुरोध गर्नुहोस्
- अन्य आपतकालीन सञ्चार च्यानलहरू, जस्तै स्थानीय वा राष्ट्रिय टिभी वा रेडियो, एप्स वा वेबसाइटहरू जाँच गर्नुहोस्
- सतर्कता सन्देश पत्ता लगाउन ausalert.gov.au/current-alerts हेर्नुहोस् र एप वा वेबसाइट प्रयोग गरेर यसलाई आफ्नो मनपर्ने भाषामा अनुवाद गर्नुहोस्।
यदि तपाईंलाई अंग्रेजीबाहेक अन्य भाषामा थप मद्दत चाहिन्छ भने, यस पृष्ठका स्रोतहरु तथा वेबसाइटको भाषा खण्डले मद्दत गर्न सक्छ।